
विराटनगर । जोगबनी भन्सार नाकाबाट असार महिनामा ४ हजार १ सय ५८ जना भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमा वृद्ध ५७ जना, वृद्धा २३ जना, पुरुष ३ हजार ५ सय ४० जना, महिला ३ सय ८१ जना, बालक १ सय १४ जना र बालिका ८३ जना रहेका छन् ।
त्यसैगरी असार महिनामा बस ७ वटा, कार २ हजार ३ सय ७९ वटा र मोटरसाइकल ४ वटा गरी जम्मा २ हजार ३ सय ९० वटा सवारीसाधन नेपाल भित्रिएका छन् ।
नेपाल सरकारले कारबाट ११ लाख ८९ हजार ५ सय, बसबाट १० हजार ५ सय र मोटरसाइकलबाट २ हजार गरी जम्मा १२ लाख २ हजार राजस्व असुल गरेको एकीकृत सेवा केन्द्र रानी तथा कोशी प्रदेश प्रहरी पर्यटक सवारी सुरक्षा जाँच केन्द्र रानीका प्रहरी जवान जीवन चौधरीले जानकारी दिए ।