
विराटनगर र विराटनगरमा आज निकालिएको ५८ औं संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्राको क्रममा प्रहरीले शंकास्पद गतिविधिमा संलग्न एक दर्जनभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केही भारतीय नागरिक समेत रहेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, रथयात्राको भीडभाडमा चोरी तथा पकेटमारी गर्ने उद्देश्यले आएका देखिने केही व्यक्तिलाई शंकास्पद अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको हो । यति धेरै कडाई सुरक्षा परिचान गरेपनी आज उदधोष दैनिका पत्रकार टेकेन्द् अधिकारीको सुनको सिक्री चोरले सात घुमटी चोकवाट चोरेका छन ।
आज पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । हजारौं भक्तजनको सहभागिता रहने यस ऐतिहासिक रथयात्रालाई लक्षित गरी विराटनगरको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । एसपी चिमरियाले रथयात्रालाई शान्तिपूर्ण र सुरक्षित बनाउन प्रभावकारी सुरक्षा योजना लागू गरिएको बताए । सुरक्षाका लागि ड्रोन र सीसी क्यामेरा जस्ता प्रविधिको प्रयोग गरी निगरानी बढाइएको थियो । ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र र सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो ।
रथयात्राको सुरक्षाका लागि तीन घेराको सुरक्षा नीति अपनाएर १ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । स्थानीय प्रशासनले रथयात्रामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन र कुनै शंकास्पद गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणमा आग्रह गरेको थियो । रथयात्रालाई व्यवस्थित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।
विराटनगरमा विक्रम संवत् १९८८ सालमा खटयात्राको रुपमा सुरु भएको थियो भने परम्परा २०२५ सालदेखि रथयात्रामा परिणत भएको थियो ।