
विराटनगर । मोरङका पुराना नाम चलेका एमाले–निकट तस्कर जगदीश शाह, विराटनगर रानी निवासी, यतिवेला मोरङबाट तस्करी गर्न छाडेर सुनसरी र सप्तरी जिल्लाबाट करोडौँको तस्करी सुरु गरेका छन्।
मोरङमा करिब एक वर्षदेखि पुराना नाम चलेका तस्करहरुलाई प्रहरी प्रशासनले तस्करीको लाइन नदिँदा शाहले अहिले एक ठूला व्यापारीसँग मिलेर तस्करीको कारोबार सुरु गरेका छन्।
शाहले मोरङमा केही वर्ष पहिले सुपाडी, हरियो मोटर, सेतो मोटर, चाइनिज स्याउ, चाइनिज नेलकट्टर, टेप, इञ्च, घडी, कस्मेटिक, मरिच, लत्ता–कपडा जस्ता चाइनिज वस्तु र भारतीय सामानको तस्करी गर्ने गरेका थिए। अहिले उनले सुनसरी र सप्तरीबाट पनि त्यस्तै वस्तुको कारोबार गर्न थालेका छन्।
शाह एमाले पार्टीका महेश बस्नेतसँग नजिक भएकै कारण उनका सामानहरू तल्लो तहका प्रहरीले समाउन चाहँदैनन्। समाए पनि केही घण्टामै प्रहरी फोनकै भरमा छाड्ने गरेको प्रहरीले बताएका छन्।