
विराटनगर, भदौ १२ –
कोशी प्रदेश प्रहरी कार्यालयले ट्रान्सफर्मर चोरी नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै चार जना सुरक्षाकर्मीलाई साउन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
यस सम्मान प्राप्त गर्नेमा—
-
प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहाल (कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर),
-
प्रहरी निरीक्षक सरोज खनाल (जिल्ला प्रहरी कार्यालय, मोरङ),
-
प्रहरी वरिष्ठ हवल्दार बिष्णु पराजुली (इलाका प्रहरी कार्यालय, दोहमना),
-
प्रहरी जवान समिप सुब्बा पर्छन्।
प्रहरीको समन्वित प्रयासमा २०८१ माघदेखि निरन्तर भइरहेको ट्रान्सफर्मर चोरी प्रकरणमा ठूलो सफलता हासिल भएको थियो। मोरङका १०, सुनसरीका १२ र झापाका २ गरी २४ स्थानमा चोरीको अनुसन्धान हुँदै साउन ९ गतेसम्म १२ जनालाई पक्राउ गर्न सफल भएको हो। उनीहरुसँग ३६८ किलोभन्दा बढी तामाको तार, चोरीमा प्रयोग गरिएका औजार, पिकअप गाडी, ५ मोटरसाइकल र १२ मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले विद्युत प्राधिकरणसँगको सहकार्यमा चोरी नियन्त्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सफल भएकाले नागरिकमा सुरक्षा र विश्वासको भावना बढाएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो।