
विराटनगर, भदौ १६ – महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापक संघको नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार सम्पन्न निर्वाचनबाट नवीन अधिकारी सभापतिमा निर्वाचित भएका छन्।
११ सदस्यीय समितिको उपसभापति डा. उपेन्द्र मेहता, सचिव ई. जयनाथ यादव, सहसचिव डा. राजेन्द्र प्रसाद चौधरी र कोषाध्यक्षमा डा. युवराज साहू बनेका छन्।
त्यसैगरी सदस्यमा बाबुराम बुढाथोकी, डा. तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव निर्वाचित भएका छन्।
निर्वाचनमा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका पाँच पदाधिकारीसहित छ सदस्यले जित हात पारे भने, नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनका तीन र माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनका दुई सदस्य विजयी बनेका छन्।
पदविभाजनपछि सोमबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रा.डा. देवेन्द्र अधिकारीले नव–निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।