सुनका गरगहना चोरीमा संलग्न तीन जना पक्राउ

विराटनगर । विराटनगर–१२ कामत चोक बस्ने सींगेता यादवको घरमा भएको सुनका गरगहना चोरी प्रकरणमा संलग्न तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

गत २०82 असोज ३ गते दिउँसो घरमा कोही नभएको मौका पारी अज्ञात समूहले खरानी रङको झोलासहित सुन, चाँदीका गरगहना र नगद रकम चोरी गरेको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष अनुसन्धान टोलीले निरन्तर खोजीकार्य अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले असोज २२ गते विराटनगर–१२ बस्ने धिरेन्द्र कामत (३१ वर्ष) लाई चोरीमा प्रयोग गरिएको झोलासहित पक्राउ गर्न सफल भएको जनाएको छ। उनलाई सोधपुछ गर्दा सो घटनामा संलग्न रहेका अन्य दुई जना व्यक्तिहरूको नाम समेत खुलासा भएको प्रहरीले जनाएको छ।

प्रहरीले त्यसपछि विराटनगर–६ बस्ने विवेक कामत (२२ वर्ष) र सुनसरीको बर्जु गाउँपालिका–२ का सुदिप कामत (२१ वर्ष) लाई समेत पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेकाहरूको विवरणः

१. धिरेन्द्र कामत (३१ वर्ष), विराटनगर–१२
२. विवेक कामत (२२ वर्ष), विराटनगर–६
३. सुदिप कामत (२१ वर्ष), बर्जु–२, सुनसरी