विराटनगर असोज २५ गते ।
सुनसरीको इनरुवा नगरपालिका ४ बसपार्क चौक स्थितबाट १ सय ९७ ग्राम ६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २४ गते साँझ ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इनरुवा नगरपालिका ४ का ३३ बर्षीय कृष्ण कुमार मेहताको साथबाट १ सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।