
विराटनगर । असोज २६ गते।
सुनसरी जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएका अवैध सामग्रीहरू प्रहरीले बरामद गरेको छ।
चाडपर्वलाई लक्षित गरी लागू गरिएको विशेष सुरक्षा योजना अन्तर्गत परिचालित प्रहरी टोलीले असोज २५ गतेको चेकजाँच क्रममा ठूला मात्रामा कपडा र खाद्यान्न सामग्री बरामद गरेको हो।
सुनसरीको गढी गाउँपालिका–२ स्थित स्थानबाट को।१ ह ८१७० नम्बरको अटो टेम्पोमा भन्सार छली गरी ल्याउँदै गरेको करिब रु। ५ लाख मूल्य बराबरका ५०० थान कुर्ता–सुरुवाल बरामद गरिएको छ।
त्यस्तै, देवानगंज गाउँपालिका–४ बाट करिब रु। ४ लाख ५० हजार मूल्य बराबरका ९०० थान कुर्ता–सुरुवाल समेत फेला पारिएको प्रहरीले जनाएको छ।
यसैगरी, कोशी गाउँपालिका–७ स्थित क्षेत्रमा गरिएको चेकजाँचका क्रममा करिब रु। ६३ हजार २८० मूल्य बराबरका खाद्यान्न सामग्रीहरू समेत बरामद गरिएको छ।
बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले चाडपर्वका बेला भन्सार छली तथा अवैध व्यापारविरुद्ध निगरानी अझै कडा बनाइने जनाएको छ।