बेवारिसे लत्ता कपडा र किराना सामान प्रहरीले नियन्त्रणमा लियो
विराटनगर,
।
मोरङ जिल्ला, विराटनगर महानगरपालिका–७ स्थित क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा लत्ता कपडा र किराना सामान नियन्त्रणमा लिएको छ।
आज विहान करिब १०ः०० बजे नियमित चेकजाँचका क्रममा प्रहरी टोलीले वेवारीसे अवस्थामा फेला परेको करिब नौ लाख सन्तान्न हजार छ सय रुपैयाँ (रु. ९,५७,६००) मूल्य बराबरका लत्ता कपडाहरू र चौवन्न हजार तीन सय चालिस रुपैयाँ (रु. ५४,३४०) बराबरका किराना सामान बरामद गरेको हो।
बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि भन्सार कार्यालय, रानी विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार सो सामानहरुको वास्तविक मालिक पत्ता लगाउने कार्य भइरहेको छ। चाडपर्वको समयलाई लक्षित गरी भन्सार छली तथा अवैध वस्तु ओसारपसार नियन्त्रणमा प्रहरीले चेकजाँच अभियानलाई अझ कडाइका साथ अघि बढाएको जनाएको छ।