सुनसरी, असोज २9गते।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बयरवनस्थित प्रभु बैंक लिमिटेडको एटिएम (ब्त्ः) मेसिन तोडफोड गर्ने एक जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार असोज २७ गते अपरान्ह बराहक्षेत्र–१ खार खोलाका २७ वर्षीय संजिव राईले उक्त एटिएम मेसिन तोडफोड गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले राईलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ।