मोरङका विभिन्न स्थानीय तह तथा सरकारी कार्यालयमा व्यापक क्षति, करोडौँको धनीजन्य हानी
KATHMANDU, NEPAL - SEPTEMBER 15: Workers take out remains from the debris of a burnt out building of Department of Roads of Nepal which was burnt during last Monday's anti-corruption protests on September 15, 2025 in Kathmandu, Nepal. Nepal has been rocked by massive youth-led protests in September 2025, triggered by anger over government corruption, nepotism, and the banning of popular social media platforms. (Photo by Ritesh Shukla/Getty Images)

सत्यनारायण शर्मा

विराटनगर ।  आज विराटनगरमा नेकपा एमाले जिल्ला कमिटीले मोरङ जिल्लामा जेन्जी आन्दोलनमा केकती क–कसको कति सम्पती नष्ट भयो सोको पाटीैले गरेको अनुसन्धानवाट देखिएको क्षति विवरण यस प्रकारको छ । हालैका घटनासमूहका क्रममा स्थानीय तहका कार्यालय, राजनीतिक दलका संरचना, सामुदायिक वन, निजी घरधनी तथा विभिन्न संघ–संस्थाका भवनमा आगजनी, तोडफोड र लुटपाटका घटनाले व्यापक भौतिक क्षति पुर्‍याएको छ। विभिन्न ठाउँमा एकपछि अर्को गर्दै भएका तोडफोड तथा आगजनीका कारण करिब दर्जनौँ कार्यालय, घर तथा संरचनामा करोडौँ रुपैयाँ बराबरको हानी भएको सम्बन्धित निकायहरूले जनाएका छन्।

सबैभन्दा बढी क्षति सुन्दरहरैचा नगरपालिका क्षेत्रमा भएको देखिन्छ। नगरपालिकाको कार्यालयमा आगजनी, तोडफोड, सामाग्री चोरी तथा सवारी साधनमा पु¥याइएको क्षति मात्रै ८ करोड ५० लाख रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ। नगर प्रमुख केदारप्रसाद गुरागाईको घरमा ३२ लाख, पूर्व नगर प्रमुख शिवप्रसाद इकालको घरमा ५० लाख तथा पूर्व मन्त्री भानुभक्त ढकालको घरमा ४० लाख ९० हजार बराबरको क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। त्यस्तै, ढकालको घरमा डेरा गरी बस्ने व्यवसायी स्वप्रसाद बाँस्कोटाको नगद र सामाग्री चोरी भएकाले थप २८ लाख बराबरको क्षति अनुमान गरिएको छ।

विराटनगर महानगरपालिकाका कार्यालयहरू पनि आक्रमणको शिकार बने। महानगरको मुख्य कार्यालयसहित वडा कार्यालयहरूमा भएको आगजनी, तोडफोड र सामाग्री चोरीबाट करिब १ करोड ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। साथै, नापी कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति कार्यालयदेखि हुलाक निर्देशानालयसम्मका भौतिक संरचना, सवारी साधन तथा मेसिनरी उपकरणमा ठूलो हानी भएको छ। भन्सार कार्यालयको मात्र क्षति ५ करोड १२ लाख १३ हजार रुपैयाँ बराबरको रहेको छ।

यस्तै, बेलबारी नगरपालिकामा पनि विभिन्न राजनीतिक दलका कार्यालय तथा सामुदायिक वनका भवनमा आक्रमण भएको छ। एमाले, नेपाली काँग्रेस लगायतका पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गर्दा लाखौँदेखि करोडसम्मको क्षति पुगेको छ। सामुदायिक वनका कार्यालयहरूमा समेत दोहोरो आक्रमण भई भवन, कागजपत्र तथा उपकरण नष्ट भएका छन्।

कानेपोखरी, पथरीशनिश्चरे, जहदा, ग्रामथान र धनपालथान गाउँपालिकामा समेत कार्यालय भवन, वडा कार्यालय, सवारी साधन तथा घरधनीहरूको निजी सम्पत्तिमा ठूलो क्षति भएको जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ। कानेपोखरी गाउँपालिका उपाध्यक्ष मीलाप्रसाद अधिकारीको घरमै ६ करोड बराबरको क्षति पुगेको रिपोर्ट छ।

यी सबै घटनाक्रमले मोरङका सरकारी संरचनादेखि राजनीतिक तथा निजी घरधनीसम्म प्रभावित भएका छन्। जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षासम्बन्धी निकायहरूले क्षतिको ब्यौरा संकलन गरिरहेको तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान र कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ।