विराट ट्रेड एक्स्पो २०२५ : मोरङ उद्योग व्यापार संघद्वारा शानदार तयारी, प्रदेशको अर्थ–व्यवसायमा नयाँ उत्साह

विराटनगर, मंसिर २२ –
मुलुककै पुराना व्यवसायिक छाता संगठनहरुमध्ये एक मोरङ उद्योग व्यापार संघले आउने पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरको ज्ञान्ती चौकस्थित निजी जग्गामा ‘विराट ट्रेड एक्स्पो २०२५’ भव्य रुपमा आयोजना गर्ने तयारी पूरा भएको जनाएको छ। संघका अध्यक्ष अनुपम राठी र एक्स्पो संयोजक अमित कुमार शारदाले सोमबार संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत अध्यक्ष अनुपम राठी मोरङ उद्योग व्यापार संघ, विराटनगर जानकारी दिएका हुन्।

संघ वि.सं. २००७ मा स्थापना भएदेखि नै उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रमा दिनरात योगदान पुर्‍याउँदै आएको इतिहास दोहो-याउँदै यो वर्ष पनि अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको जनाइएको छ।

उद्देश्य : स्वदेशी उद्योगको प्रवर्द्धनदेखि आर्थिक गतिविधि पुनःसञ्चालनसम्म

संघका अनुसार पछिल्लो समय उत्पन्न आर्थिक सुस्ती, आन्दोलन र चुनौतीपूर्ण परिस्थितिबीच स्थानीय, प्रदेशीय तथा राष्ट्रिय उद्योग–व्यवसायलाई पुनःगतिशील बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्नेछ।

यस मेला/प्रदर्शनीको मुख्य उद्देश्यहरु यसप्रकार छन्–

  • स्वदेशी उत्पादन तथा उद्योगको प्रवर्द्धन

  • नेपाल व्यापार रणनीतिअनुसार पहिचान गरिएका बस्तुहरूको बजार विस्तार

  • अन्तर प्रादेशिक तथा अन्तर्राष्ट्रिय व्यापारिक सहकार्य विकास

  • कृषि, पर्यटन, ऊर्जा, सेवा तथा सम्भावित क्षेत्रहरूको प्रचार–प्रसार

  • विदेशी तथा स्वदेशी लगानीकर्ताबीच सम्बन्ध विस्तार

  • प्रदेशका प्रमुख पर्यटन गन्तव्यहरूको ब्राण्डिङ

२३० भन्दा बढी स्टल, जर्मन प्रविधि ‘ह्याङगर’ को व्यवस्था

यस पटकको एक्स्पोमा जर्मन प्रविधिको विशेष ह्याङगर र अक्सनसहित २३० स्टल रहनेछन्।
यी स्टलमार्फत—

  • नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योग

  • मोरङ–सुनसरी आर्थिक करिडोरका प्रमुख उत्पादन

  • कृषि तथा उद्योगजन्य वस्तु

  • शिक्षा, स्वास्थ्य, पर्यटनसम्बन्धी सामग्री

  • महिला उद्यमशीलता, स्टार्टअप र प्रविधि क्षेत्रका नयाँ परियोजनाहरू
    प्रदर्शनीमा सहभागी हुनेछन्।

छिमेकी मुलुक भारतसहित बंगलादेश र पाकिस्तानका उत्पादक पनि सहभागी हुने भएकाले व्यापारिक सहकार्य र बाजार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ।

स्टार्टअप, कर–लेखा, पर्यटन र आईटीसम्बन्धी गोष्ठी

एक्स्पो अवधिभर विभिन्न उपयोगी कार्यक्रम सञ्चालन गरिनेछ, जसमा—

  • स्टार्टअप सञ्चालन र व्यवसाय विस्तारका उपाय

  • साना तथा मध्यम उद्यमका चुनौतिबारे छलफल

  • कर तथा लेखा प्रणालीका नयाँ सुधार

  • पर्यटन प्रवर्द्धनका रणनीति

  • साइबर सुरक्षा र डिजिटल सीप सम्बन्धी सत्रहरु
    समावेश हुनेछन्।

मुख्य प्रायोजकको रुपमा रमपम तयारी चाउचाउमारुती सिमेन्ट रहेका छन्।

सांस्कृतिक कार्यक्रम र नयाँ आकर्षण

दर्शकलाई आकर्षित गर्न यस वर्ष एक्स्पोमा—

  • राष्ट्रिय स्तरका लोकप्रिय ब्याण्ड : कुमासागर, रकहेड्स, इलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य

  • सेल्फी जोन, किड्स जोन

  • फिस तथा ‘जलपरी टनेल’

  • नेपाली कलाकृतिमा आधारित आकर्षक प्रवेशद्वार
    राखिने तयारी गरिएको छ।

आयोजकले करिब दुई लाख दर्शक आउने अनुमान गरेका छन्। साथै, एक्स्पोले कोशी पर्यटन वर्ष २०८२ लाई थप बलियो समर्थन गर्ने विश्वास व्यक्त गरेको छ।

व्यापक सहयोग अपेक्षा

मोरङ उद्योग व्यापार संघले संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, विभिन्न उद्योग–व्यवसायिक संघ–संस्थाहरु र सञ्चारकर्मीको निरन्तर सहयोग रहे एक्स्पोलाई अझ नवीन, प्रभावशाली र सफल बनाउन सकिने बताएको छ।

अमित कुमार शारदा
संयोजक, विराट ट्रेड एक्स्पो २०२५
सचिव, मोरङ उद्योग व्यापार संघ

अनुपम राठी
अध्यक्ष मोरङ उद्योग व्यापार संघ, विराटनगर