विराटनगर–१८, मोरङका न्याधिश छनोटमा यादव प्रथम

लोक सेवा आयोगद्वारा एकमुष्ट योग्यताक्रम सार्वजनिक, २० जना सिफारिस

काठमाडौं । लोक सेवा आयोगले आर्थिक वर्ष २०८२/८३ का विभिन्न विज्ञापनअन्तर्गत सञ्चालित परीक्षाबाट न्याधिश छनोटमा  भएका उम्मेदवारहरूको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ । आयोगले खुला, आन्तरिक खुला, महिला र आदिवासी/जनजाति समूहअन्तर्गत गरी जम्मा २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

खुला प्रतियोगितातर्फ प्रकाशित विज्ञापन नं. ०००२/०८२(८३) अनुसार शिशिरकुमार यादव पहिलो स्थानमा सिफारिस भएका छन् । विराटनगर–१८, मोरङका यादवसँगै शिवप्रसाद आचार्य, हिरालाल भुसाल, डिल्लीप्रसाद आचार्य, बाबुराम भट्टराई र गोकुल पन्त पनि खुला समूहबाट सिफारिस सूचीमा परेका छन् ।

त्यस्तै, आन्तरिक खुला समूहतर्फ विज्ञापन नं. ०००१/०८२(८३) अन्तर्गत ताराप्रसाद डाँगी, गोपालबहादुर भट्टराई, सुमन पाण्डे, ठाकुरप्रसाद बस्ताकोटी, विकास बस्नेत, इन्दिरा कार्की, टेकराज भुसाल, बिरेन्द्रप्रकाश खड्का, महेन्द्रप्रसाद पौड्याल, वासुदेव पाण्डे र ललित सापकोटालाई सिफारिस गरिएको छ ।

महिला समूहतर्फ विज्ञापन नं. ०००३/०८२(८३) अन्तर्गत झापाकी खेमकुमारी बस्नेत सिफारिस भएकी छन् भने आदिवासी/जनजाति समूहतर्फ विज्ञापन नं. ०००४/०८२(८३) अन्तर्गत उदयपुरका कर्णबहादुर राई र ललितपुरकी हिरामाया अवाल सिफारिस भएका छन् ।

खुला समूहअन्तर्गत वैकल्पिक योग्यताक्रममा लालबहादुर क्षेत्रीराजन खनाल रहेका छन् । आयोगका अनुसार आवश्यक परेमा उनीहरूलाई क्रमशः नियुक्तिका लागि बोलाइनेछ ।

यसैबीच, मधेशी समूहतर्फ विज्ञापन नं. ०००५/०८२(८३) अन्तर्गत लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्तामा सहभागी भएका उम्मेदवार शिशिरकुमार यादव खुला समूहबाटै सिफारिस भइसकेकाले मधेशी समूहमा यसपटक कुनै उम्मेदवार सिफारिस हुन नसकेको आयोगले जनाएको छ ।

लोक सेवा आयोगकी सचिव तथा प्रवक्ता रामप्यारी सुनले प्रकाशित नतिजा अन्तिम रहेको जनाउँदै सम्बन्धित निकायलाई सिफारिस प्रक्रिया अघि बढाइने जानकारी दिइन् ।