लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ

बिराटनगर, माघ १ गते
मोरङ र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस ३० गते इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले बिराटनगर १ का रिहान अन्सारीलाई १ ग्राम २० मिलीग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले आमचोक १० स्थितमा कोठा भाडामा बस्ने भोजपुर नगरपालिका १० का ४६ वर्षिय मचिन्द्र राईलाई उनकै कोठाबाट ८७ किलो ५०० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।