सुनसरी, माघ १ गते ।
सुनसरीको प्रहरी चौकी अमडुवा, दुहबीले सुनसरीको बर्जु गाउँपालिका ४ हरबनी स्थितबाट बेवारिसे अवस्थामा रहेको ५ सय ५४ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।
पुस ३० गते विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका ४ स्थित बाँस झ्याङबाट ५ सय ५४ किलो लागू औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ