कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मनोनयनपत्र दर्ता गरे पनि निर्वाचन आयोगले बिहीबार उनको उम्मेदवारी खारेज गरेको थियो।
उक्त निर्णयविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।
रिटमाथि माघ ११ गते पेसी तोकिएको छ।




