बिहीबार, माघ २२, २०८२
पर्सा । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा यहाँबाट चार अर्ब ५६ करोड रुपैयाँबराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।
ती सवारीसाधनको आयातबाट चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो ६ महिनामा ४५ करोड ८१ लाखबराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाखबराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।
चालु आवको पहिलो ६ महिनामा ५८ करोड १८ लाखबराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाखबराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए । रासस




