कलाकार सुनिल थापाको निधन
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको उपचारका क्रममा निधन भएको हो ।




