विराटनगरमा वेवारिसे अवस्थामा ५ हजारभन्दा बढी चश्मा बरामद

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले वेवारिसे अवस्थामा फेला परेका ५ हजारभन्दा बढी चश्मा बरामद गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ फागुन ३ गते अपराह्न करिब ४ः५० बजेको समयमा विराटनगर महानगरपालिका–९ अन्तर्गत घोघापुल क्षेत्रबाट १४ वटा पोका वेवारिसे अवस्थामा फेला पारिएको हो। ती पोकाभित्र अन्दाजी मूल्य ५ लाख ४१ हजार रुपैयाँ बराबरका ५ हजार ४१० थान चश्मा रहेका थिए।

घोघापुल क्षेत्रमा खटिएको प्रहरी टोलीले उक्त चश्माहरू फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।