नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानका पिता तथा बलिउडका अनुभवी पटकथा लेखक सलिम खान अचानक बिरामी परेका छन् ।
उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । यसैबिच सलमान खान पतालाई हेर्न अस्पताल पुगेका थिए । अस्पतालबाट सलमान खानको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी उदास र चिन्तित देखिएका छन् । कालो टी–सर्ट र पाइन्ट लगाएका सलमान खानलाई उनका गार्डहरूले घेरेको देखिन्छ ।
सलिम खान बलिउडका अनुभवी लेखकमध्ये एक हुन् । जावेद अख्तरसँग मिलेर सलिमले कैयौं फिल्मको पटकथा लेखेका छन् ।
यसमा ‘शोेले’, ‘दीवार’, ‘डन’, ‘जंजीर’, ‘त्रिशूल’, ‘सीता र गीता’जस्ता कैयौं सुपरहिट फिल्महरू पर्छन् । सलिमले केही चलचित्रमा अभिनेताका रूपमा अभिनय गरेका थिए, तर अभिनयभन्दा लेखनले उनलाई चर्चामा ल्यायो ।




