एआईले बनाउँदैछ युद्धलाई झन्–झन् त्रासद, शासकहरू रमिते

एजेन्सी

सारांश
इरानको मीनाब सहरमा अमेरिकी बम हमला हुँदा १७० बालिकाको मृत्यु भयो, र ९५ विद्यार्थी तथा शिक्षक घाइते भए।
अमेरिकी राष्ट्रपति ट्रम्पले विद्यालयमा बम हमलाको कारणबारे थाहा नभएको बताए।
युद्धमा एआईको प्रयोगले युद्धलाई भयावह बनाउँदै लगेको र यसले मानवीय संवेदनालाई समेत अन्त्य गरेको देखिन्छ।
२८ फेब्रुअरी शनिबारका दिन दक्षिणी इरानको मीनाब सहरमा रहेको शजारेह तैय्येबेह ९सुन्दर वृक्ष० प्राथमिक विद्यालयमा अमेरिकाले स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा बम हमला गर्‍यो ।

अमेरिकी बम हमलामा परी १७० बालिकाको ज्यान गयो भने झन्डै ९५ विद्यार्थी र शिक्षक घाइते भए । हमला भएसँगै उद्धारका लागि पुगेका स्थानीयवासी र उद्धारकर्ताहरूको टोलीले भग्नावशेषबाट घाइतेहरूलाई निकाल्दै गर्दा उद्धारकर्ताहरूमाथि फेरि अर्को बमबाट हमला गरियो ।

विद्यालयमा मारिने १७० बालिकामध्ये अधिकांश ७ देखि १२ वर्षका थिए ।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तपाईँहरूले इरानको प्राथमिक विद्यालयमा बम हमला किन गर्नु भयो भनी पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘त्यहाँ विद्यालय छ भन्नेबारे त हामीलाई थाह छैन, मसँग यस्ता प्रश्न नसोध्नुस् ।’

विद्यालय रहेको स्थानमा १० वर्ष पहिले इस्लामिक रेब्युलुशनरी गार्ड कोर ९आईआरजीसी० को सैन्य हाता थियो । सैन्य हाताबाट विद्यालयलाई छुट्याएर विद्यालयले आफ्नै पर्खाल लगाउँदा पनि एआईको डेटा सिस्टममा पछिल्लो १० बर्षको विकासक्रमबारे कुनै अपडेट डेटा नहुँदा त्यहाँ पढ्ने बालिका र शिक्षकहरू ‘डिजिटल नरसंहार’ वा भन्नुस् ‘अल्गोरिदमिक वारफेयर’ को हत्याचक्रमा परे ।

इरानमाथि अमेरिका र इजरायलले थालेको युद्धले दुई हप्ता पुरा हुँदै गर्दा यो घटना त्यस्तो महत्त्वपूर्ण पानीढलो हो, जहाँबाट युद्धमा प्रयोग गरिएको एआईको प्रयोगले युद्धलाई झनै भयावह र त्रासद बनाउँदै लगेको स्पष्ट हुन्छ ।

प्यालेनटियरले मुलतः विश्वभरका डेटा एककृत गर्ने र विश्लेषण गर्ने काममा महारथ हासिल गरेको छ । तर यो कम्पनी अमेरिका एवं इजरायलका सैन्य एजेन्सीहरूसँग मिलेर उनीहरुको हितमा काम गर्छ । कम्पनीको अन्तिम उद्देश्य अमेरिकी सैन्य सञ्जाललाई बलियो बनाउनु र पैसा कमाउनु हो ।
मिनाबको त्यो स्कुलमाथि एआईद्धारा सञ्चालित ‘स्वार्म ड्रोन र ‘लोइटरिङ एम्युनेसन’ को प्रयोग गरिएको थियो । विशेषगरी अमेरिकामा निर्मित ‘स्वीचब्लेड ६००’ को उन्नत एआई संस्करण वा इजरायली ‘हार्पी’ सँग मिल्दो यो एआई हतियार मानवीय निर्देशन बिनै आफ्नो लक्ष्यको पहिचान गरी हमला गर्छ ।

वर्तमान समयका युद्धहरूमा एआईले नै लक्ष्य चुन्छ, लक गर्छ र हतियारको छनोट गरी बमबारी गर्छ । यो युद्धलाई नजिकबाट हेर्दा भिडियो गेमको कुनै क्लिप भन्दा बढी लाग्दैन । अमेरिका तथा इजरायलले इरान विरुद्धको युद्धमा ‘प्रोजेक्ट मेभन’ ९एल्गोरिदमिक वारफेयर क्रस फङ्शनल टीम० तथा ‘टार्गेट फ्याक्ट्री’ प्रणाली अन्तर्गत युद्ध सञ्चालन गरिरहेका छन् ।

युद्धको नयाँ व्याकरण

आधुनिक सैन्य इतिहासमा हामी जुन मोडमा उभिएका छौँ, त्यसलाई सामरिक विज्ञहरूले ‘अल्गोरिदमिक वारफेयर’ को संज्ञा दिएका छन् । यो त्यस्तो युद्धकला हो, जहाँ कृत्रिम बुद्धिमत्ता ९एआई० ले केवल सूचना मात्रै दिँदैन, बरु कसलाई मार्ने र कहिले मार्ने भन्ने अन्तिम निर्णयसमेत लिन्छ ।

इरान युद्धमा अमेरिका र इजरायलले प्रयोग गरिरहेको यो प्रविधिको बीउ गाजा र युक्रेनका युद्ध भूमिहरूमा परीक्षण गरिएको थियो । र, यसमा अमेरिकी प्रौद्योगिकी कम्पनी प्यालेनटियर टेक्नोलोजीजको ठुलो भूमिका छ ।

प्यालेनटियरले मुलतः विश्वभरका डेटा एककृत गर्ने र विश्लेषण गर्ने काममा महारथ हासिल गरेको छ । तर यो कम्पनी अमेरिका एवं इजरायलका सैन्य एजेन्सीहरूसँग मिलेर उनीहरुको हितमा काम गर्छ । कम्पनीको अन्तिम उद्देश्य अमेरिकी सैन्य सञ्जाललाई बलियो बनाउनु र पैसा कमाउनु हो ।

नेचर पत्रिकाका अनुसार, युक्रेन युद्धमा एआईले पहिलो पटक ‘डिस्ट्रिब्युटेड इन्टेलिजेन्स’ को भूमिका निर्वाह गर्‍यो । त्यहाँ अमेरिकी कम्पनी प्यालेनटियरको सफ्टवेयरले रुसी सेनाको मुभमेन्टलाई भू–उपग्रहका तस्बिर र टेलिग्राम म्यासेजहरूबाट ट्रयाक गरेर युक्रेनी सेनालाई ‘रियल टाइम’ सूचना दिने काम गर्थ्यो ।

तर, यसको अझै क्रूर रूप इजरायलले गाजामा प्रयोग गर्‍यो । इजरायलको ं९७२ म्यागजिन र बीबीसीको खोजमूलक रिपोर्टिङले गरेको खुलासा अनुसार, इजरायलले गाजामा ‘ल्याभेन्डर’ नामक एआई प्रणाली प्रयोग गर्‍यो । यसले ९० हजार भन्दा बढी प्यालेस्टिनीहरूलाई सम्भावित लडाकुका रूपमा सूचीकृत गरेको थियो ।

यो प्रणालीको त्रुटि दर १० प्रतिशतभन्दा बढी थियो, तैपनि यसलाई ‘किलिङ मेसिन’ का रूपमा प्रयोग गरियो ।

गाजामा अर्को प्रणाली ‘द गस्पेल’ प्रयोग गरियो । यसले पहिले मानिसले हप्तामा ५० वटा लक्ष्य पहिचान गर्ने ठाउँमा दिनमै एक सयवटा नयाँ लक्ष्यहरू पहिचान गर्न थाल्यो ।

द गार्डियन पत्रिकाले उल्लेख गरे अनुसार, गाजा र युक्रेनमा गरिएको यो सफल परीक्षण नै अहिले इरान युद्धमा अमेरिका र इजरायलको मुख्य सामरिक आधार बनेको छ । यसले युद्धलाई एउटा स्वचालित ‘टार्गेट फ्याक्ट्री’ मा परिणत गरिदिएको छ ।

‘स्पीड अफ थट’ र ‘हाइपरवार’

इरान विरुद्धको युद्धमा अहिले जुन प्रविधि प्रयोग भइरहेको छ, त्यसलाई सैन्य रणनीतिकारहरू ‘हाइपरवार’ भन्छन् । यो त्यस्तो अवस्था हो, जहाँ युद्धको गति मानवीय निर्णय लिने क्षमता भन्दा कयौँ गुणा तीव्र हुन्छ ।

द वाल स्ट्रीट जर्नलको विशेष रिपोर्ट ‘हाउ एआई इज टर्बोचार्जिङ द वार इन इरान’ का अनुसार, अहिलेको युद्धमा अमेरिकाको ‘प्रोजेक्ट मेभन’ र इजरायलको ‘एड्भान्स्ड एआई इन्टिग्रेशन’ ले युद्धलाई ‘सोचको गति’ भन्दा पनि छिटो बनाएको छ ।

जब एआईले इरानका भूमिगत मिसाइल अखडाहरू वा सैन्य नेतृत्वलाई ट्रयाक गर्छ, त्यसले सेकेन्डभरमै हजारौँ डेटा पोइन्ट्सहरू प्रशोधन गर्छ ।

अल जजिराकोको रिपोर्ट भन्छ, अमेरिकी सैन्य अधिकारीहरूले पुष्टि गरे अनुसार इरानमा एआईले नै लक्ष्य पहिचान गर्छ र त्यसलाई ध्वस्त पार्न कुन हतियार उपयुक्त हुन्छ भन्ने निर्णय पनि आफैँ लिन्छ । यो प्रक्रियामा सैन्य अधिकारी ‘पर्यवेक्षक’ को भूमिकामा सीमित हुन्छ ।

द एआई इनोभेटरको विश्लेषणले के देखाउँछ भने एआईले इरानको ‘डिजिटल फुटप्रिन्ट’ लाई यति गहिराइमा अध्ययन गरेको छ कि कसैले फोन अन गर्नासाथ वा कार चलाउनासाथ एआईले त्यसलाई ‘थ्रेट’ का रूपमा वर्गीकृत गर्न सक्छ ।

नेचरमामा प्रकाशित शोधपत्र र इन्टरनेशनल कमिटी अफ द रेडक्रसका अनुसार, एआईलाई प्रोग्रामिङ गर्दा नै निश्चित संख्यामा सर्वसाधारणको मृत्युलाई ‘स्वीकार्य’ मान्न सकिन्छ भनी सिकाइएको हुन्छ । उदाहरणका लागि, यदि कुनै उच्च तहको इरानी कमान्डरलाई मार्नु छ भने एआईले त्यसको वरिपरि रहेका एक सय जनासम्म निर्दोष नागरिकलाई मार्ने अनुमति पाउँछ ।
यसले युद्धलाई मानवजातिमै नसोचिएको तीव्रतम गति दिएको छ । युद्धमा प्रविधिको प्रयोग कति तीव्र छ भने विरोधी सेनाले प्रतिक्रिया जनाउनु अघि नै ड्रोन र मिसाइलहरू लक्ष्यलाई भग्नावशेषमा परिणत गर्न सक्षम छन् ।

तर, युद्धमा देखिएको यो गतिको सबैभन्दा ठुलो मूल्य सर्वसाधारणले चुकाइरहेका छन् । किनभने मेसिनले गर्ने निर्णयमा ‘विवेक’ र ‘दया’ का लागि कुनै स्थान हुँदैन । यसका साथै यसले मानवीयताका न्यूनतम मूल्यहरूको पनि पालना गर्दैन । यी सबै हमला एआई अर्थात मेसिनबाट गरिन्छन् ।

गणितीय नरसंहार

एआईद्धारा लडिने युद्धको सबैभन्दा डरलाग्दो पक्ष भनेको नागरिक मृत्युको ‘गणितीय वैज्ञानिकीकरण’ हो । द गार्डियन र बीबीसीले गाजाको उदाहरण दिँदै इरानमा भइरहेको त्रासदीलाई व्याख्या गरेका छन् ।

एआई प्रणालीहरूमा ‘ह्वेर इज ड्याडी रु’ जस्ता शब्दहरु तथा सफ्टवेयर प्रयोग गरिन्छ, जसले कुनै सैन्य लक्ष्य आफ्नो घरमा परिवारसँग भएको बेला मात्र आक्रमण गर्ने संकेत गर्छ । यसको अर्थ, एआईले जानीजानी आवासीय भवनहरूलाई निशाना बनाउँछ ताकि लक्ष्य भाग्न नसकोस् ।

नेचरमामा प्रकाशित शोधपत्र र इन्टरनेशनल कमिटी अफ द रेडक्रसका अनुसार, एआईलाई प्रोग्रामिङ गर्दा नै निश्चित संख्यामा सर्वसाधारणको मृत्युलाई ‘स्वीकार्य’ मान्न सकिन्छ भनी सिकाइएको हुन्छ । उदाहरणका लागि, यदि कुनै उच्च तहको इरानी कमान्डरलाई मार्नु छ भने एआईले त्यसको वरिपरि रहेका एक सय जनासम्म निर्दोष नागरिकलाई मार्ने अनुमति पाउँछ ।

यो दुर्घटना होइन, यो एआईले गर्ने ‘कोल्याटरल ड्यामेज’ को गणितीय हिसाब हो ।

युएस न्युजले उल्लेख गरे अनुसार, इरानमा प्रयोग भइरहेका सस्ता ड्रोन र स्वायत्त हतियारहरू ९अटोनोमस वेपन्स० ले भीडभाड भएका सहरी इलाकाहरूमा आक्रमण गर्दा मेसिनले सैनिक र सर्वसाधारणबिचको भिन्नता छुट्याउन सक्दैन । जब एआईले ‘अप्टिमाइज्ड पाथ’ खोज्छ, त्यति बेला उसले केवल आफ्नो सफलताको प्रतिशत मात्र हेर्छ ।

मारिने मानिसको जीवनको मूल्य उसको अल्गोरिदममा कतै समावेश हुँदैन । यसले गर्दा इरानी सहरहरू आज अमेरिकी एआई सैन्य प्रयोगशालाका एआई वधशालामा परिणत भएका छन् । मानिसलाई रगतको मूल्यबोध होला तर मेसिनलाई रगतको मूल्यबोध हुँदैन ।

‘अटोमेसन बायस’ र नैतिक पतन

सैन्य मनोविज्ञानमा एउटा ठुलो समस्या देखिएको छ, जसलाई ‘अटोमेसन बायस’ भनिन्छ । ज्याकोबिन र अल जजिराका रिपोर्टहरूले इरान युद्धमा संलग्न अमेरिकी र इजरायली कमान्डरहरूले एआईको निर्णयलाई चुनौती दिने साहस नै गर्दैनन् भन्ने देखाएको छ ।

एआईले कुनै भवनलाई ‘शत्रुको अड्डा’ भनेर चिन्ह्ति गरेपछि कमान्डरले त्यसलाई सदर गर्न जम्मा २० देखि ३० सेकेन्ड समय खर्च गर्छन् । अर्थात इरानी भूमिमा मारिने नागरिकको मृत्युको निर्णय ड्यास बोर्डमा बसेका अमेरिकी सैन्य अधिकारीले जम्मा २० सेकेन्डमा गर्छन् ।

यति छोटो समयमा मेसिनको विश्लेषणलाई गलत रहेको सुपरिवेक्षण गर्नका लागि कुनै पनि सैन्य अधिकारीले प्रयत्न नै गर्दैन । यस विपरित कयौँ लक्ष्यहरु सैन्य कमाण्डरले निर्णय दिनै नपर्ने बनाइएका छन्, ती लक्ष्यहरूलाई एआई आफैले चिन्ह्ति गरेर नष्ट गर्ने गर्छ ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्युटको शोधका अनुसार, एआईले कसरी र कुन आधारमा ‘दुश्मन’ को छनोट गर्छ भन्ने कुरा स्वयं ती एआई बनाउने इन्जिनियरहरूलाई पनि थाहा हुँदैन । यसलाई ‘ब्ल्याक बक्स’ त्रुटि भन्ने गरिन्छ ।

इरान, गाजा र युक्रेनमा देखिएको ‘अल्गोरिदमको शासन’ ले एआईका अघिल्तिर सैन्य अधिकारीहरू, यसका कोड तयार गर्ने इन्जिनियरहरू तथा युद्ध मच्चाउन हरघडी उत्सुक शासकहरू निरीह छन् भन्ने देखाएको छ । विवेकलाई बन्धक राखेर लड्दै गरिएको युद्धले मानवतालाई नै अप्ठेरोमा पुर्‍याउँदै छ ।
इरानमा कयौँ घटनाहरूमा एआईले किसानले बोकेको औजारलाई रकेट लन्चर वा बच्चाको खेलौनालाई विस्फोटक पदार्थ मानेर आक्रमण गरेको पाइएको छ ।

यसका साथै, एआई युद्धले मानवीयता पतनको स्थिति सृजना गरेको छ । यसलाई अर्को भाषामा ‘अकान्टीविलिटी ग्याप’ भन्ने गरिन्छ । ह्युमन राईट वाच र संयुक्त राष्ट्र संघका विज्ञहरूका अनुसार, एआईले गल्ती गरेर विद्यालय वा अस्पताल ध्वस्त पार्छ भने त्यसको दोषी को हुने रु एआईका लागि कोड बनाउने इन्जिनियर रु त्यो बटन थिच्ने सैनिक रु वा स्वयं त्यो निर्जीव मेसिन रु वा युद्धका लागि आदेश दिने राष्ट्रप्रमुख रु

इरान युद्धमा देखिएको नागरिक हताहतीको भयावह दृश्य यही कानुनी र नैतिक शून्यताको परिणाम हो । मेसिनले हजारौँ मानवीय शरीरको हत्या गर्छ तर जिम्मेवारी कसैले लिँदैन ।

भविष्यको भयावह ऐना

युक्रेन, गाजा र इरान युद्धमा एआईको प्रयोगले विश्वलाई यस्तो युगमा पुर्‍याएको छ, जहाँ युद्धको मर्यादा पूर्णतः समाप्त भएको छ ।

द गार्डियनले यसलाई ‘मानवीय संवेदनाको अन्त्य’ भनेको छ । एआईले युद्धलाई यति धेरै यान्त्रिक र मानवीय चेतना शून्य बनाइदिएको छ, लाग्छ अब शक्ति सम्पन्न राष्ट्रहरूलाई युद्ध मैदानमा ढल्ने एउटा जीवनको मूल्य अंक बाहेक केही लाग्दैन ।

ट ९ज्ञ०

वाल स्ट्रीट जर्नलका अनुसार, इरानको सम्पूर्ण सैन्य संरचनालाई एआईले एउटा विशाल ‘डेटा पोइन्ट’ मा बदलिदिएको छ, जहाँ मानिसको जीवनको मूल्य एउटा बिट र बाइट भन्दा बढी छैन ।

यो युद्ध केवल इरान र अमेरिका–इजरायलबिचको शक्ति सङ्घर्ष मात्र होइन, यो भविष्यको यस्तो भयावह चित्र हो, जहाँ एआईले मानिसको अस्तित्वको फैसला गर्दै गरेको देख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय समुदायले ‘किलर रोबोट्स’ र एआई हतियारमाथि प्रतिबन्ध लगाइएन भने, आगामी दिनमा युद्धहरू केवल दुई सेनाबिच मात्र नभई मेसिनहरूबिच हुने र त्यसमा मानिस पिल्सिएर मारिने चेतावनी दिएका छन् ।

इरान, गाजा र युक्रेनमा देखिएको ‘अल्गोरिदमको शासन’ ले एआईका अघिल्तिर सैन्य अधिकारीहरू, यसका कोड तयार गर्ने इन्जिनियरहरू तथा युद्ध मच्चाउन हरघडी उत्सुक शासकहरू निरीह छन् भन्ने देखाएको छ । विवेकलाई बन्धक राखेर लड्दै गरिएको युद्धले मानवतालाई नै अप्ठेरोमा पुर्‍याउँदै छ ।