
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–६ सरौलियास्थित एक घरबाट भन्सार छली गरी ल्याइएका अवैध लत्ताकपडा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८२ चैत ३ गते दिउँसो करिब १ः३० बजे प्राप्त विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा उक्त स्थानमा लुकाइछिपाइ राखिएका लत्ताकपडा जाँच गर्दा करिब रु. ७ लाख ३० हजार ५०० बराबरका सामग्री फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका लत्ताकपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
प्रहरीले भन्सार छली नियन्त्रण तथा अवैध व्यापार विरुद्ध निगरानीलाई थप कडाइ गर्ने जनाएको छ।




