विराटनगर — मोरङ प्रहरीले भन्सार छली गरेर भारतबाट नेपालतर्फ ल्याइएका खाद्यान्न सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–११ स्थित क्षेत्रमा खटिएको प्रहरी टोलीले मिति २०८२ चैत ८ गते दिउँसो करिब २:४५ बजे अवैध रूपमा भित्र्याइएका विभिन्न खाद्यान्न सामग्री फेला पारेको हो।
बरामद गरिएका सामग्रीमा २८ बोरा खोर्सानी, १० बोरा हरियो मटर दाना र ४ बोरा रहरको दाल रहेका छन्। ती सामग्रीको अनुमानित मूल्य ८३ हजार २५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले घटनाबारे जानकारी दिएका हुन्।




