के तपाईंलाई अहिलेका मन्त्रीहरूले प्रयोग गर्ने सबै फोन नम्बरहरू थाहा छ रु थाहा हुने कुरै भएन । किनभने उनीहरूसँग सार्वजनिक प्रयोगको नम्बरबाहेक पनि अर्को नम्बर छ, जुन कसैलाई बताउँदैनन् ।
यस्तो नम्बर प्रधानमन्त्री बालेन्द्र शाह र उनीहरूबिच सम्पर्कका लागि मात्र प्रयोग हुन्छ । जुन नम्बरबारे परिवार, आफन्तलगायत कसैलाई पनि जानकारी हुँदैन ।उनीहरूसँग मोबाइल सेट पनि भिन्नै छ ।
उनीहरूले अतिरिक्त बोक्ने सेट आइफोनको पछिल्लो संस्करण हो । जसको नेपाली बजार मूल्य करिब एक लाख ८० हजार पर्दछ । हरेक कुरामा फरक शैली अपनाउन खोज्ने प्रधानमन्त्री शाहले यस्तो प्रयोग लागू गरेका हुन् । उनको निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलाई नयाँ मोबाइल सेट र सिम किनिदिएको स्रोतको भनाइ छ ।




