विराटनगरका स्पामा प्रहरीको आकस्मिक छापा, ४७ जना नियन्त्रणमा

विराटनगर। पछिल्लो समय स्पा तथा मसाज सेन्टरहरूमा अनियमितता र शंकास्पद गतिविधि बढेको गुनासो आएपछि प्रहरीले विराटनगरका विभिन्न स्थानमा आकस्मिक छापा मारेको छ।

शनिबार इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा खटिएको टोलीले महानगरपालिका–१३, १४ र १५ का विभिन्न स्पा केन्द्रहरूमा अनुगमन तथा छापा सञ्चालन गरेको हो।

छापा क्रममा मापदण्ड विपरीत सञ्चालन भइरहेका दुई स्पाका सञ्चालकसहित ४७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्ड पूरा नगरेको पाइएपछि सञ्चालक सुनसरी बर्जु गाउँपालिका–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारत, पटना जिल्ला दानापुरका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरिएको छ। सोही स्पामा कार्यरत तीन महिलालाई समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार अन्य स्पाबाट नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक सोधपुछ भइरहेको छ भने गैरकानुनी गतिविधिमा संलग्नता पुष्टि भए कानुनी कारबाही अगाडि बढाइनेछ।

यसअघि पनि महानगर क्षेत्रका स्पा तथा मसाज सेन्टरहरूमा अनियमितता र अनैतिक गतिविधिको गुनासो बढ्दै आएको थियो। प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाउने जनाएको छ।