वैशाख महिनामा जोगवनी नाकावाट १० हजार ४ सय ३ भारतीय पर्यटकहरु विराटनगर प्रवेष

विराटनगर । विराटनगर । गएको महिना वैशाख महिनामा जोगवनी नाकावाट १० हजार ४ सय ३ भारतीय पर्यटकहरु विराटनगर प्रवेष गरेका छन ।

प्रवेष गर्नेहरुमा वृद्ध २ सय ४० जना , वृद्धा १ सय ६९ जना , पुरुष ६ हजार ९ सय ७ जना , महिला १ हजार ९ सय ५८ जना , वालक ६ सय ४० जना र वालिका ४ सय ४९ जना गरी जम्मा १० हजार ४ सय ३ जना जोगवनी विराटनगर नाकावाट भारतीय पर्यटकहरु प्रवेष गरेका छन । त्यसेगरी वस ५९ वटा , कार, जिप २ हजार १ सय ९३ वटा र अन्य मोटरसाइकल २१ वटा सवारी साधनहरु जोगवनी नाकावाट नेपाल प्रवष गरेको छ ।

भारतीय सवारी साधन नेपाल प्रवेष गर्दा राजयलाई जम्मा कर ११ लाख ८९ हजार २ सय राजश्व असुलउपर भएको छ । वस वाट प्रतिवस वाट १५०० सयको दरले ८८ हजार ५ सय , कार जिप वाट प्रतिकारजिप वापत ५ सयको दरले १० लाख ९६ हजार ५ सय र अन्य मोटरसाइकलवाट प्रति अन्यवाट २ सयको दरले ४ हजार २ सय राजश्व नेपाल सरकारको यातायात रोट प्रमिट चोकीले र पर्यटक नेपाल प्रहरीले असुल उपर गरेको कुरा असई सुमन वस्नेतले जानकारी दिएका छन ।