संखुवासभा, जेठ ३० गते — संखुवासभामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको पाँचखपन नगरपालिका–६ मगरटोल क्षेत्रमा गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय वानाको टोलीले जेठ २९ गते एक थान लोड गरिएको भरुवा बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार पाँचखपन नगरपालिका–६ निवासी ३५ वर्षीय विनय मगरको घर नजिकै रहेको कागतीको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको थियो। बन्दुक बरामद भएसँगै प्रहरीले मगरलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




