
इतबार, ३१ चैत २०८१,
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ वर्ष २०८२ सालको शुभकामना दिएका छन् ।
आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षको शुभकामना दिएका हुन् ।
त्यसअवसरमा उनले २०८२ साल नयाँ अवसर र चुनौती लिएर प्रस्तुत भएको बताए । जनताको अधिकारलाई ऐतिहासिक रुपमा सुनिश्चित गरेको संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोजिरहेको बताए । सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताए । उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उनले बताए ।