
पछिल्लो केहि समय देखि मोरङ जिल्लाको विराटनगर महानगरपालिका लगायत दक्षिण क्षेत्रहरुमा चोरीका विभिन्न घटनाहरु बढीरहको सन्दर्भमा मिति २०८२।०१।११ गते जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं। ४ नयाँ बजार स्थित राज मोबाईल केयर नामक मोबाईल पसलमा के(कुन समयमा अज्ञात व्यक्तिहरुले पसल फोडी पसलमा रहेको ल्यापटप, एन्ड्रोईड मोबाईलहरु, सादा सेटका मोबाईलहरु तथा पसलमा मर्मत गर्न ल्याएका पुराना मोबाईल सेटहरु समेत चोरी भएको भन्ने निवेदन परेको । जिल्ला प्रहरी कार्यालय मोरङमा परेको निवेदनको आधारमा यस जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रभावकारी रुपमा प्रहरी टोली खटि गई चोरी भएको स्थानबाट शुक्ष्म अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न व्यक्तहरु मध्ये जिल्ला मोरङ धनपालथान
वडा नं। ७ बस्ने बर्ष २२ को विशाल कुमार सिंहलाई मिति २०८२।०२।२७ गते पक्राउ गर्न सफल भएको र निजलाई जिल्ला प्रहहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान पश्चात चोरी भएको सामानहरु विराटनगर मनपा वडा नं। ११ स्थितमा डेरा गरी बस्ने वर्ष २६ को रोशन कुमार मण्डलको कोठामा लुकाई राखेको भन्ने खुल्न आई तक्काल प्रहरी टोली उक्त स्थानमा खटि गई निज मण्डलको कोठा तलासी गर्दा निज रोशन कुमार मण्डलको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न कम्पनीका सादा नयाँ मोबाईल सेटहरु, पुराना मोबाईल सेटहरु र चोरी कार्यमा प्रयोग हुने औजारहरु ९ड्रिल
मेशिन, हथौडा, रड, पेच कस, पिलास लगायत० अवस्थामा फेला पारी मिति २०८२।०२।२९ गते निज मण्डल र निज मण्डल संगै कोठामा रहेको देश भारत अररिया जिल्ला ठेगाना भएका वर्ष १८ को कृष पासवान समेत २ जना मानिस र चोरी भएका सामानहरु बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको । पक्राउ मानिसको विवरणः महानगरपालिका वडा नं ११ स्थितमा डेरा गरी बस्ने वर्ष २६ को रोशन कुमार मण्डल । थान गाउँपालिका वडा नं ७ बस्ने वर्ष २२ को विशाल कुमार सिंह । अररिया जिल्ला ठेगाना भएका वर्ष १८ को कृष पासवान ।
बरामदी सामानको विवरणः सादा मोबाईलका सेटहरु ८ वटा , एन्ड्रोइड मोबाईलका सेटहर २१ वटा , बिग्रिएका टुटफुट भएका विभिन्न कम्पनिका मोबाईल सेटहरु ५१ वटा , ल्यापटपको ब्याट्री १ थान ,मोबाईलको डिस्प्लेहरु १३ वटा चोरीमा प्रयोग हुने औजारहरु ९ड्रिल मेशिन, हथौडा, रड, पेच कस, पिलास ९ थान