मिटरब्याज अपराध स्काँग्रेस नेता कामतले ठगेको वडाध्यक्षको उजुरी, २१ लाखको व्याज ३७ लाख १

मिटरब्याज अपराध स्काँग्रेस नेता कामतले ठगेको वडाध्यक्षको उजुरी, २१ लाखको व्याज ३७ लाख १
कामतको मिटरब्याज ९अनुचित लेनदेन० धन्दाका विरुद्ध निवेदन दिनेमा वडाअध्यक्षदेखि सर्वसाधरणसम्म

विराटनगर । मोरङ कटहरी गाउँपालिका ३ का वडाअध्यक्ष जदुलाल कामत नै मिटरब्याजको जालोमा परेका छन् । २०७४ सालमा उनले ६८ लाखमा रहेमान मियासँग कटहरी ३ को जग्गा किन्ने निधो गरे । उनीसँग ४८ लाख रुपैयाँ मात्रै थियो । उनले आफ्नो चिनजानका विराटनगर ८ निवासी बद्री चौधरीसँग २० लाख रुपैयाँ लिएर उनकै नाममा जग्गा पास गरिदिए । २० लाख रुपैयाँ लिएका कामतलाई ऋणि चौधरीले केही महिनामै पैसा आवश्यक पर्यो कि पैसा फिर्ता गर्नु नत्र जग्गा विक्री गर्दिन्छु भन्न थाले ।

त्यसपछि उनले तत्कालिन कटहरी गाउँपालिकाका अध्यक्षसमेत रहेका हालका काँग्रेस सभापति रामकुमार कामतलाई सहयोग मागे । आफूलाई अप्ठ्यारो परेको सुनाए । वडाध्यक्ष कामतले भनेपछि पालिका अध्यक्ष कामतले पनि जग्गा आफ्नो नाममा राजीनामा गरेको खण्डमा धितो सकार्दिने बताए । त्यसपछि जग्गा पालिका अध्यक्ष कामतले २१ लाख दिएर आफ्नै श्रीमती रुणादेवी कामतको नाममा जग्गा ल्याए ।

त्यसपछि सुरु भयो जग्गा कब्जाको खेल । जग्गा पास गरेको १ महिनाभित्रै धितो ऋण सकार्नका लागि पालिका अध्यक्ष कामतलाई साढे ७ लाख दिएको वडाध्यक्ष कामत दाबी गर्छन् । कामतलाई वडाध्यक्ष जदुलालले त्योसहित हालसम्म पटकपटक गरेर ३५ लाख दिएको दाबी गरेका छन् । तर, जग्गा फिर्ता आएन । अहिले थप २३ लाख रुपैयाँ दिए मात्रै जग्गा फिर्ता दिन्छु भनेका छन् ।

अहिले २० लाख रुपैयाँ कठ्ठा पर्छ । त्यसबेला पनि १२ लाख रुपैयाँ कठ्ठासम्म पर्दथ्यो । त्यही कारण अहिले जदुलाल घरबारविहीन हुने अवस्थामा पुगेका छन् ।‘घरजग्गा बैंकमा राखेर रामकुमारसँग लिएको कर्जा तिरेको छु । अहिले म रोडमा आएको छु,’ जदुलालले भने, ‘बैंकमा राखेको घरजग्गा बेचेर ऋण तिरेँ, तर अझै पनि भुक्तान गर्न बाँकी रहेको भन्दै शोषण जारी छ ।’
वडाअध्यक्ष जदुलाल कामत आफैं कांग्रेसबाट दोस्रो पटक वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । मिटरब्याजबाट गाउँमा आतंक सृजना गरेको आरोप लाग्दै आएको कामत पनि कांग्रेसकै कटहरी गाउँपालिका सभापति हुन् । त्यसैले जदुलाल पार्टी एउटै भएकोले समस्याको समाधान हुन्छ कि भन्दै सबै तहका नेताहरू—सांसद, सभापति, मन्त्रीसम्म पुगेर न्यायको गुहार गरे । तर, कामतको राजनीतिक पहुँच अगाडि सबै मौन छन् । ‘कांग्रेसका नेता विनोद बस्नेतको घरमै मिटिङ बस्यौं, तर रामकुमारले कसैको कुरा मानेन,’ कामतको भनाइ छ । अन्ततः उनले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा रामकुमार कामतले अनुचित लाभ लिएको भन्दै कारवाही गरिपाउँ भन्दै लिखित उजुरी दिएका छन् ।

यसरी कांग्रेस नेता कामतको शोषणको शिकार वडाअध्यक्ष मात्र होइनन् । यहाँका अन्य थुप्रै सर्वसाधरण कामतबाट पीडित भएको गुनासो छ । गाउँमा अवैध मानिएको मिटरब्याजमा ऋण लगाउने र जग्गा कब्जा गरेको घटना बाहिर आउन थालेको छ । जदुलाल जस्तै पीडित छिन्, कटहरी–२ की ५५ वर्षीय रामवती राजवंशी । उनको कथा झनै पीडादायी छ । उनको विषयमा यसअघि नै समाचार प्रकाशित भइसकेको छ ।

८ वटा उजुरीबाट १ करोड ८३ लाख फिर्ता

जिल्ला प्रशासन कार्यालय मोरङमा हालसम्म ६७८ वटा अनुचित लेनदेन ९मिटरब्याज०मा उजुरी दर्ता भएका छन् । जसमध्ये जिल्ला प्रहरी कार्यालय मोरङबाट फिर्ता भएका निवेदन ६२२ वटा छन् भने जिल्ला प्रशासन कार्यालयमा सोझै दर्ता भएका निवेदनको संख्या ५६ वटा छन् ।

प्रशासन कार्यालयका अनुसार २०८२ वैशाख २० गतेयता ८ वटा मुद्दा फच्र्यौट भएका छन् । फच्र्यौट भएका ती उजुरी अनुसार १ करोड ८३ लाख ४२ लाख रकम लेनदेनमा मिलापत्र भएको छ भने १ विगाहा १ कठ्ठा १२ धूर जग्गा फिर्ता भएको छ ।