स्वस्थ युवा अपाङ्ग भएर फर्किँदा पीडा हुन्छ

डा. विश्वराज दवाडी

विभिन्न देशमा नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा समस्या देखिएको छ, कतिपय अवस्थामा नेपालमा फिट देखिएका विदेशमा अनफिट हुने गरेका छन्।
स्वास्थ्य परीक्षणमा हुने छलकपट रोक्न बायोमेट्रिक प्रणाली लागू गर्नुपर्ने र विदेशमा नेपाली कामदारको मृत्युबारे पोस्टमार्टमको व्यवस्था मिलाउनुपर्ने सुझाव दिइएको छ।
अध्ययनका क्रममा स्वास्थ्य मापदण्डको भिन्नता, ुविन्डो पिरियडु को दुरुपयोग र स्वास्थ्य परीक्षण प्रक्रियामा हुने छलकपटजस्ता समस्या देखिए।
हाम्रो श्रमिक जाने गन्तव्य मुलुक १६० भन्दा बढी छन् । पहिला गन्तव्य मुलुक मिडल इस्ट, अमेरिका अस्ट्रेलिया हुन्थ्यो । अहिले युरोपका नामै नसुनेका देशहरूमा समेत जाने गरेका छन् । ती देशहरूले स्वस्थ श्रमिक पठाउनु भन्छ । हामीले पूरै मेडिकल चेकअप गराएर पठाउँछौँ । हामीले स्वस्थ मान्छे पठाउने अनि ३० वर्षको मान्छे अपाङ्ग भएर देश फर्किनुपर्ने बाध्यता छ । यसले हामीलाई रेमिटेन्सभन्दा पनि एक स्वस्थ युवा अपाङ्ग भएर फर्किँदा बढी पीडा हुन्छ ।

यसरी जानुभन्दा मेडिकल ‘फिट’ छैनन् भने यतैबाट नपठाऊँ । त्यही भएर सरकारले हामीलाई अध्ययन गर्न भनेको थियो ।

अध्ययनको क्रममा विभिन्न खालको अवस्था देखियो । यता मेडिकल नै परीक्षण नगरी अनफिट भएकाहरूलाई पनि फिट गराएर पठाउने । अर्को भनेको, यहाँबाट फिट भएर जाने तर विदेशमा अनफिट हुने ।

धुवाँधुलोमा काम गर्ने मान्छेको एक्स(रे गर्दा सेतो दाग देखिन्छ । त्यो नेपालमा रोग मानिँदैन । तर, नेपालमा केही नमानिएपछि विदेशमा भने टीबी भनिदिँदारहेछन् ।

मलेसियामा केही हदसम्म ठिक देखिन्छ । किनभने नेपालको पनि रेडियोलोजिस्ट बस्ने अनि मलेसियाको पनि रेडियोलोजिस्ट बसेर दुई जनाले डिस्कस गरेर यसलाई ठिक गर्ने कि अनफिट गर्ने भन्ने हुँदो रहेछ । त्यहीँबाट रिपोर्टको फाइनल हुँदो रहेछ ।

नेपालमा छातीमा दाग देखिए रोग मानिँदैन । त्यही एक्स(रे लिएर अमेरिका जानुहुन्छ भने त्यहाँ रोग मान्छ ।

म एक चिकित्सक हुँ । वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको छु । तर जब म सरकारले गठन गरेको ‘वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदल’ को सदस्यको रूपमा काम गर्न थालेँ, मैले स्वास्थ्य परीक्षणको त्यो पाटो देखेँ, जुन सामान्यतया अस्पतालको कोठाभन्दा बाहिर र धेरै जटिल छ । यो केवल रिपोर्टमा ‘फिट’ वा ‘अनफिट’ लेख्ने कुरा थिएनस यो लाखौँ नेपालीको सपना, स्वास्थ्य र जीवनसँग जोडिएको गम्भीर र संवेदनशील विषय थियो । हाम्रो कार्यदलले गरेको अध्ययनका क्रममा हामीले जे देख्यौँ, त्यो साँच्चै नै चिन्ताजनक र बहुआयामिक थियो ।

हामीले सबैभन्दा बढी सुनेको र देखेको समस्या नेपालमा स्वास्थ्य परीक्षण भएर गएकाहरू उता पुगेर हुनु हो ।

यो सुन्दा सामान्य लाग्छ, तर यसका पछाडि लुकेका कारणहरू निकै जटिल छन् ।

पहिलो र प्रमुख कारण हो, स्वास्थ्य मापदण्डको भिन्नता । हामी नेपालीहरू धुवाँ, धुलो र प्रदूषणयुक्त वातावरणमा हुर्किएका मान्छे हौँ । हाम्रो जीवनशैली र वातावरणले गर्दा हाम्रो फोक्सोको एक्सरेमा सानो दाग देखिनु सामान्य कुरा हो । यो पुरानो निमोनिया वा सामान्य सङ्क्रमण निको भएपछि बसेको अवशेष हुन सक्छ, जसले स्वास्थ्यमा कुनै असर गर्दैन । तर, जब हाम्रा श्रमिकहरू टीबी उन्मूलन भइसकेका वा अत्यन्तै सफा वातावरण भएका युरोप, अमेरिका वा अन्य विकसित देशहरूमा पुग्छन्, त्यहाँका चिकित्सकहरूले त्यो सानो दागलाई पनि शङ्काको दृष्टिले हेर्छन् । उनीहरूको मापदण्डअनुसार, फोक्सोमा कुनै पनि दाग देखिनु हुँदैन । परिणाम, हाम्रो श्रमिक ‘अनफिट’ घोषित हुन्छ र लाखौँ खर्च गरेर पुगेको ठाउँबाट रित्तो हात फर्कन बाध्य हुन्छ ।

‘विन्डो पिरियड’ को दुरुपयोग र अनभिज्ञता । नेपालमा मेडिकल जाँच गरिसकेपछि भिसा प्रक्रिया पूरा भएर विदेश उड्न कहिलेकाहीँ तीन महिनासम्म लाग्छ । यो बिचमा धेरै कुरा हुन सक्छ ।
मलेसियाले यसमा एउटा राम्रो अभ्यास सुरु गरेको थियो । शंकास्पद केसहरूमा नेपालका रेडियोलोजिस्ट र मलेसियाका रेडियोलोजिस्टको संयुक्त प्यानलले एक्स(रे रिपोर्ट हेरेर निर्णय लिन्थ्यो । यसले धेरै हदसम्म अनावश्यक रूपमा फेल हुने समस्यालाई कम गरेको थियो । यस्तो सहकार्य अन्य देशहरूसँग पनि गर्न सकिए यो समस्या धेरै हदसम्म समाधान हुने हाम्रो निष्कर्ष छ ।

दोस्रो कारण हो, ‘विन्डो पिरियड’ को दुरुपयोग र अनभिज्ञता । नेपालमा मेडिकल जाँच गरिसकेपछि भिसा प्रक्रिया पूरा भएर विदेश उड्न कहिलेकाहीँ तीन महिनासम्म लाग्छ । यो बिचमा धेरै कुरा हुन सक्छ । जस्तैस् हामीले लागुऔषध सेवनको केसहरू धेरै भेट्यौँ । नेपालमा जाँच गर्दा नेगेटिभ देखिए पनि विदेश जाने निश्चित भएपछि साथीभाइसँगको संगतमा वा रमाइलोका लागि लागुऔषध सेवन गर्ने र गन्तव्य मुलुकमा पुग्दा परीक्षणमा पोजिटिभ देखिने घटनाहरू सामान्य छन् ।

त्यस्तै, महिला कामदारको हकमा गर्भावस्था एउटा प्रमुख कारण हो । जाँच गर्दा गर्भवती नभएकी महिला तीन महिनाको अवधिमा गर्भवती हुन सक्छिन् । यो स्वाभाविक प्रक्रिया हो, तर गन्तव्य मुलुकको कानुनअनुसार गर्भवती महिलालाई काम गर्न दिँदैन । यसले गर्दा उनीहरू पनि अनफिट भएर फर्कनुपर्ने बाध्यता छ ।

प्रणालीमै छलकपट
हाम्रो अध्ययनको सबैभन्दा डरलाग्दो पक्ष थियो, स्वास्थ्य परीक्षण प्रक्रियामा हुने संगठित छलकपट । पैसाको लोभमा अस्वस्थ व्यक्तिको सट्टा स्वस्थ व्यक्तिले मेडिकल जाँच दिने र नक्कली रिपोर्ट बनाउने प्रवृत्ति निकै भयावह छ । एक व्यक्तिको नाममा अर्को व्यक्तिको फोटो टाँसेर वा अन्य तरिकाले रिपोर्ट बनाइन्छ । यो केवल एक अनैतिक कार्य मात्र होइन, यो एक आपराधिक कार्य हो, जसले कामदारको जीवनलाई नै जोखिममा पार्छ ।

यसलाई रोक्ने एउटै मात्र प्रभावकारी उपाय हो, बायोमेट्रिक प्रणालीको अनिवार्य कार्यान्वयन । हामीले कार्यदलमा बारम्बार जोड दिएको विषय यही हो । जब हरेक कामदारको औँठाछाप, आँखाको नानी र अनुहारको पहिचानजस्ता बायोमेट्रिक विवरण प्रणालीमा दर्ता गरिन्छ, तब कसैले पनि अर्काको नाममा जाँच दिन सक्दैन । प्रणालीले तुरुन्तै व्यक्ति फरक भएको पत्ता लगाउँछ । यो प्रविधि महँगो छैन र यसलाई लागु गर्न कुनै ठुलो चुनौती पनि छैन । जबसम्म हामी यो प्रविधि अपनाउँदैनौं, तबसम्म यो छलकपटको जालो तोड्न असम्भव छ ।

रहस्यमय मृत्युको अर्को डरलाग्दो पाटो
कार्यदलमा काम गर्दा सबैभन्दा बढी मन पोल्ने विषय थियो, विदेशमा हुने नेपाली कामदारको अस्वाभाविक र रहस्यमय मृत्यु । ‘२२–२४ वर्षको, नेपालबाट जाँदा हृष्टपुष्ट र स्वस्थ सुतेको, बिहान उठ्दा मृत भेटियो’ यस्ता घटनाहरू हामीले दिनहुँजसो सुन्यौँ । गन्तव्य मुलुकबाट आउने रिपोर्टमा मृत्युको कारण लेखिएको हुन्छ— ‘नेचुरल डेथ’ ९प्राकृतिक मृत्यु० हृदयाघात । तर, यो उमेर समूहमा विना कुनै पूर्वरोग यस्तो हुनु अस्वाभाविक हो ।

सरकारले कूटनीतिक पहल गरेर गन्तव्य मुलुकमा नै पोस्ट्मार्टम अनिवार्य गर्ने व्यवस्था मिलाउनुपर्छ । यदि त्यसो हुन नसके नेपालमा शव ल्याइसकेपछि परिवारको सहमतिमा पोस्टमार्टम गरेर मृत्युको कारण पत्ता लगाउनुपर्छ ।
समस्याको जड हो, पोस्टमार्टमको अभाव । अधिकांश गन्तव्य मुलुकहरूले मृत्युको कारणबारे गहिरो अनुसन्धान नगरी, पोस्टमार्टम नै नगरी शवलाई बाकसमा बन्द गरेर नेपाल पठाइदिन्छन् । उनीहरूको लागि यो एउटा सामान्य प्रक्रिया होला, तर हाम्रो लागि यो एउटा अनुत्तरित प्रश्न र कहिल्यै निको नहुने घाउ बनेर रहन्छ ।

यदि मृत्युको वास्तविक कारण पत्ता लगाउन सकिने हो भने भविष्यमा त्यस्ता घटना हुन नदिन हामीले नीतिगत सुधार गर्न सक्थ्यौँ । के त्यो मृत्यु अत्यधिक गर्मी, कामको चाप, तनाव, खानपानको गडबडी वा अन्य कुनै कारणले भएको थियो रु यो जान्न जरुरी छ ।

हाम्रो सुझाव छ, सरकारले कूटनीतिक पहल गरेर गन्तव्य मुलुकमा नै पोस्ट्मार्टम अनिवार्य गर्ने व्यवस्था मिलाउनुपर्छ । यदि त्यसो हुन नसके नेपालमा शव ल्याइसकेपछि परिवारको सहमतिमा पोस्टमार्टम गरेर मृत्युको कारण पत्ता लगाउनुपर्छ । यो मृतकप्रतिको सम्मान पनि हो र जीवितहरूको सुरक्षाका लागि आवश्यक कदम पनि हो ।

अब के गर्ने त
यो समस्याको जालो निकै जटिल छ र यसलाई समाधान गर्न बहुआयामिक पहलको खाँचो छ । एक चिकित्सक र कार्यदलको सदस्यको रूपमा मलाई लाग्छ हामीले तत्काल निम्न कदमहरू चाल्नुपर्छ ः

१। प्रविधिमा लगानीः बायोमेट्रिक प्रणालीलाई विना कुनै ढिलाइ अनिवार्य रूपमा लागु गर्नुपर्छ । यसले छलकपटको ढोका सदाका लागि बन्द गर्नेछ ।

२। कूटनीतिक सक्रियताः गन्तव्य मुलुकहरूसँग स्वास्थ्य मापदण्डमा एकरूपता ल्याउन र पोस्टमार्टमको व्यवस्था मिलाउन सरकारले कूटनीतिक पहललाई तीव्र बनाउनुपर्छ ।

३। कडा अनुगमनस् श्रम मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र अन्य सम्बन्धित निकायहरूले मेडिकल सेन्टरहरूको नियमित र कडा अनुगमन गर्नुपर्छ । बदमासी गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न हिचकिचाउनु हुँदैन ।

४। जनचेतनाः कामदार स्वयंलाई पनि ‘विन्डो पिरियड’ मा अपनाउनुपर्ने सावधानीबारे सचेत गराउनु आवश्यक छ ।

वैदेशिक रोजगारीमा जाने हरेक श्रमिक हाम्रो देशको सम्पत्ति हो । उनीहरूको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्नु राज्यको प्रमुख दायित्व हो । स्वास्थ्य परीक्षणलाई केवल एउटा प्रक्रियाको रूपमा नहेरी, यसलाई एक गम्भीर मानवीय र राष्ट्रिय सवालको रूपमा लिन जरुरी छ ।

जबसम्म हामी यी जटिलताहरूलाई सम्बोधन गर्दैनौँ, तबसम्म ‘यहाँ फिट, उहाँ अनफिट’ को चक्र र रहस्यमय मृत्युको सिलसिला चलिरहनेछ, र हामी केवल रमिते बनेर हेरिरहन बाध्य हुनेछौँ ।

दवाडी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदल विशेषज्ञ सदस्य हुन् ।