
– सत्यनारायण शर्मा
विराटनगर, साउन १४ गते
आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय विराटनगरले अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी राजस्व संकलन गरेको सूचना अधिकारी नवराज भट्टराईले जानकारी दिए।
गत आर्थिक वर्षमा ८ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो भने यस वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ। चालु आर्थिक वर्षको राजस्व लक्ष्य १० अर्ब ७८ करोड रुपैयाँ रहेकोमा ८ अर्ब ८९ करोड संकलन भएको उनले बताए।
विवरणअनुसार विभिन्न शीर्षकहरूमा संकलन भएको राजस्व यसप्रकार छ:
-
आयकरतर्फ:
गत वर्ष २ अर्ब ८८ करोड रुपैयाँ संकलन भएकोमा यस वर्ष ३ अर्ब ११ करोड रुपैयाँ संकलन भएको छ। गत वर्षको तुलनामा ७.६ प्रतिशतले वृद्धि भएको छ। -
मूल्य अभिवृद्धि कर (VAT):
गत वर्ष २ अर्ब ४२ करोड संकलन भएकोमा यस वर्ष २ अर्ब २८ करोड संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो। -
अन्तःशुल्कतर्फ:
गत वर्ष २ अर्ब ७२ करोड संकलन भएकोमा यस वर्ष ३ अर्ब ८ करोड संकलन गरिएको छ। यो १३.२ प्रतिशतले वृद्धि हो। -
व्याज करतर्फ:
गत वर्ष २२ करोड ४६ लाख संकलन भएकोमा यस वर्ष ३१ करोड ६८ लाख संकलन भएको छ। यसतर्फ ४१ प्रतिशतको वृद्धि भएको देखिन्छ। -
वहाल करतर्फ:
गत वर्ष ८ करोड ४८ लाख संकलन भएकोमा यस वर्ष ९ करोड ६४ लाख संकलन भएको छ, जुन १३.७ प्रतिशतले वृद्धि हो।
सूचना अधिकारी भट्टराईका अनुसार, राजस्व वृद्धिको यो दर उत्साहजनक रहेको छ र कर प्रणालीप्रति जनचेतना तथा पारदर्शिता बढ्दै गएको संकेत दिन्छ।