
आर्थिक वर्ष २०८१र८२ मा सामाजिक सुरक्षा कोषको कार्यालय विराटनगरको रेकर्ड अनुसार कोशी प्रदेशमा ६४ हजारभन्दा बढी मानिसले प्रत्यक्ष रूपमा रोजगार प्राप्त गरेका छन्।
नेपाल सरकारद्वारा सञ्चालित विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत सो अवधिमा निम्न विवरणअनुसार लाभ दिइएको छस्
१। औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व योजना यस योजनाअन्तर्गत ११ हजार ६८१ जना श्रमिकले दाबी गरेका थिए।
यसअनुसार सरकारले २ अर्ब १४ करोड ९३ लाख १३ हजार ७६८ रुपैयाँ वितरण गरेको छ।
२। दुर्घटना तथा अशक्तता सुरक्षा योजना
५ हजार ९२९ जना श्रमिकले दाबी गरेका थिए।
सामाजिक सुरक्षा कोषमार्फत २० करोड ६८ लाख ४५ हजार ८४८ रुपैयाँ वितरण गरिएको छ।
३। आश्रित परिवार सुरक्षा योजना
७४५ जना श्रमिकबाट २८ हजार ५१३ पटक दाबी गरिएको थियो।
कोष कार्यालय विराटनगरले २६ करोड ९० लाख ५ हजार ७२ रुपैयाँ भुक्तानी गरेको छ।
४। वृद्ध अवस्था सुरक्षा योजना
१ लाख १२ हजार ८६८ जना श्रमिकले १ लाख २१ हजार १०३ पटक दाबी गरेका थिए।
सरकारले १३ अर्ब १३ करोड ५९ लाख ९१ हजार ३४३ रुपैयाँ भुक्तानी गरेको छ।
समग्रमा, नेपाल सरकारले उक्त आर्थिक वर्षमा सामाजिक सुरक्षा योजनाअन्तर्गत कामदार तथा श्रमिकहरूलाई जम्मा १५ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरेको सामाजिक सुरक्षा कार्यालय विराटनगरका प्रमुख दीपक राज भट्टले जानकारी दिनुभयो।
प्रदेशगत रोजगारदाता र रोजगारको अवस्थास्
प्रदेश रोजगारदाता संस्था प्रत्यक्ष रोजगार प्राप्त संख्या
कोशी २,२५३ ६४,१६१
मधेश १,१२५ २९,७६६
बागमती १४,१८३ ४,५८,८०१
गण्डकी १,०८३ २५,४२६
लुम्बिनी १,७३२ २१,५७१
कर्णाली २८४ २,३८५
सुदूरपश्चिम ३१२ ३,०७५
जम्मा देशभर० २०,९७२ ६,०२,१८५
वैदेशिक रोजगार
हालसम्म २३ लाख ७९ हजार ५८५ जना नेपाली नागरिक वैदेशिक रोजगारीको सिलसिलामा विदेश गइसकेका छन्।