खुकुरी प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

 

ताप्लेजुङ, साउन १७ गते ।

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका ४ आहालेका २२ बर्षीय मन कुमार बि।क।लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते साँझ ६ बजे दाजु भाई बिच सामान्य बाद बिबादको क्रममा दाजु मन कुमार बि।क।ले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार गर्दा रोशन बि.क.को घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमार बि.क.लाई खुकुरी सहित नियन्त्रणमा लिएको छ । खुकुरी प्रहार गरी भाईको हत्या गर्ने बि.क.को जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।