वहुविवाह कानुनबारे विवाद ः पुरुष मात्र होइन, महिलालाई पनि बराबरी अधिकारको दाबी

सत्यनारायण शर्मा

हालै सरकारले पुरुषलाई दुईवटा सम्म विवाह गर्न पाउने कानुन प्रस्ताव गरेको विषयमा देशभर चर्चा र विवाद सुरु भएको छ। महिला अधिकारकर्मीहरूले यो कानुनलाई महिला विरुद्धको विभेद भन्दै सडकमा नाराजुलुस, कोणसभा र विरोध प्रदर्शन गरिरहेका छन्। तर केही पक्षले यसलाई पुरुष मात्र होइन, महिलालाई पनि बराबरी अधिकार दिने प्रावधानका रूपमा व्याख्या गरेका छन् ।
कानुन अनुसार पुरुष वा महिला, दुवैले वहुविवाह गर्नको लागि दुवै पक्षको सहमति आवश्यक छ। कुनै पनि महिलाको इच्छाविपरीत पुरुषले दोस्रो विवाह गर्न सक्दैन। यद्यपि, व्यवहारमा महिलाहरूले पनि विवाहित पुरुषसँग विवाह गर्ने घटना प्रशस्त रहेको केही व्यक्तिहरूको तर्क छ ।“महिलाले विवाहित पुरुषसँग विवाह गर्दा त्यस पुरुषको परिवार, सन्तान, आर्थिक अवस्था र व्यवहारबारे जानकारी हुँदाहुँदै पनि सहमति जनाउँछन्,” एक सामाजिक विश्लेषकले बताए, “त्यसैले दोष केवल पुरुषलाई मात्र दिन मिल्दैन ।

केही घटनामा महिलाले सम्पत्ति, आर्थिक सुरक्षा वा अन्य व्यक्तिगत कारणले वृद्ध वा विवाहित पुरुषसँग विवाह गर्ने गरेको आरोपसमेत लगाइन्छ। समाजमा दिदीको श्रीमान (भिनाजु) वा नजिकका नातेदारसँग समेत विवाह हुने उदाहरण दिँदै, यस्तो अवस्थाले महिलामध्ये नै महिलाको हितविरुद्ध जाने व्यवहार देखिन्छ भन्ने तर्क छ ।यसैबीच, विदेशमा कठोर परिश्रम गरेर पठाएको रकम घरमा श्रीमतीले अन्य पुरुषसँग खर्च गरेको भन्ने गुनासो गर्ने पुरुषहरूको संख्यामा पनि वृद्धि भएको बताइन्छ। यस्ता पुरुषहरू पीडित भए पनि सामाजिक लाजको डरले सार्वजनिक रूपमा आवाज उठाउन सक्दैनन्

विरोधमा रहेका महिला अधिकारकर्मीहरू भने यो कानुनले समाजमा बहुविवाहलाई वैधता दिँदै महिलाको अधिकार हनन गर्ने ठान्छन्। उनीहरूको आन्दोलनमा केही पुरुष पनि सहभागी भए पनि, उनीहरू स्वयं महिला व्यवहारबाट पीडित भएको गुनासो गर्न सक्दैनन् भन्ने आरोप पनि छ ।
यस विषयमा बहस अझै तातिरहेको छ। एक पक्षले यसलाई बराबरीको अधिकारको रूपमा व्याख्या गर्दा, अर्को पक्षले यसलाई महिला अधिकारमाथिको आक्रमण मानिरहेको छ। कानुन पारित हुने वा नहुने विषयमा अबको राजनीतिक र सामाजिक दबाब निर्णायक हुने देखिन्छ ।