विराटनगर, असोज २9 गते।
सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले असोज २७ गते साँझ प्रदेश १–०५–००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुर त्रियुगा नगरपालिका–७ का १९ वर्षीय दिपक मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले मगरले बोकेको झोलाबाट ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट फेला पारेको जनाएको छ। सो क्रममा अटो चालक त्रियुगा–१० का ३३ वर्षीय फिरोज मोहम्मदलाई समेत पक्राउ गरिएको छ।
त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१६ स्थितबाट ५६ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर–११ की २८ वर्षीया रन्जिता राय अमातलाई पक्राउ गरेको जनाएको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१८ क्ष्ऋए सडक खण्डमा प्रदेश १–०२–००४ ह ८२७० नम्बरको सिटी सफारीमा बेवारिसे अवस्थामा राखिएको ३० किलोग्राम गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार गाँजा फालेर फरार भएका सवारी चालकको खोजतलास जारी रहेको छ।