संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

संखुवासभा, कार्तिक ३ ।
संखुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कस्थित खुसुमा होटल मा जुवा–तास खेलिरहेको अवस्थामा सात जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले २०८२ साल कार्तिक ३ गते राति करिब १२ः४५ बजे सो होटलमा छापा मार्दा जुवा (कौडा र तास) खेलिरहेको अवस्थामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा —
१. जित कुमार राई (५७ वर्ष), खाँदबारी न.पा.–१
२. प्रेम बहादुर दर्जी (३२ वर्ष), पाँचखपन न.पा.–४
३. किङसाङ भोटे (३४ वर्ष), भोटखोला गा.पा.–२
४. चेतनाथ बराल (४७ वर्ष), चैनपुर न.पा.–११
५. रोहित कार्की (३१ वर्ष), खाँदबारी न.पा.–१
६. बिनोद कटुवाल (४८ वर्ष), खाँदबारी न.पा.–८
७. काजी तामाङ (३६ वर्ष), भोटखोला गा.पा.–५
रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट कौडा १६ वटा, तासका ४ थान (बुक)नगद रू. १,७२,९३५ बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैजनामाथि जुवातास सम्बन्धी कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।