बलिउड अभिनेता असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। स्वास्थ्य समस्याका कारण उनी चार दिनदेखि अस्पतालमा भर्ना भएका थिए। असरानीको अन्तिम संस्कार मुम्बईको श्मशानघाटमा गरियो।
नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता असरानीको निधन भएको छ । ८४ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको हो। असरानीका निजी सचिव बाबुभाईले उनको मृत्युको पुष्टि गरेको भन्दै बीबीसी हिन्दीले समाचार लेखेको छ ।
स्वास्थ्य समस्याका कारण विगत चार दिनदेखि उनलाई मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना गरिएको थियो । सोमबार दिउँसो ३ देखि ३ः३० बजेको बिचमा उनको निधन भएको बताइएको छ ।
उनको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगर श्मशानघाटमा गरिएको थियो, जहाँ उनका परिवारका सदस्यहरू र नजिकका आफन्तहरू उपस्थित थिए।
असरानी ८४ वर्षका थिए। उनको पूरा नाम गोवर्धन असरानी थियो र उनको जन्म १९४१ मा जयपुरमा भएको थियो। उनले शोलेलगायत फिल्ममा काम गरेका छन् ।