जिल्ला अदालत, मोरङको नक्कली पेज बनाई बिभिन्न पदमा भर्ना खुलेको छ भनी दर्ता शुल्क बापतको रकम भन्दै ई सेवा मार्फत रकम ठगी गरेको तथा किनमेल गर्ने बहानामा किनमेल गरे पश्चात आधा रकम दिने र बॉकिको पुनम देवी साहको नामको सटही नहुने चेक दिने सिराहा जिल्लाको लाहान स्थाई घर भई हाल मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ५ मा डेरा गरी बस्ने बर्ष ५० की पुनम देवी साह ९८२३८९८२९३० तथा निजको छोरी बर्ष २७ की कोमल कुमारी साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ। साथै ठगीमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको हुँदा पुनम देवी साह मो .नं ९८२३८९८२९३ को ईसेवा मार्फत अन्य कोही व्यक्तिहरु ठगीमा परी पीडित भएको भएमा यस जिल्ला प्रहरी कार्यालय, मोरङमा निवेदन सहित सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ।