विराटनगर बरगाछीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, श्रीमान् घाइते
Motorbike Accident on the road with a car

विराटनगर । मोरङको विराटनगर–३ बरगाछी चोक नजिक मंगलबार साँझ भएको सडक दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

दुर्घटनामा **सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी (कोइराला)**को मृत्यु भएको हो। अधिकारीलाई उनका श्रीमान् ५७ वर्षीय विमल कोइरालाले चलाइरहेको मोटरसाइकलमा पछाडि सवार अवस्थामा भारतीय नम्बर डब्लुबी ५९ सी ०२४८ भएको ट्रकले ठक्कर दिएको थियो।

साँझ करिब ५ः१५ बजे उत्तरबाट दक्षिणतर्फ आइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि अधिकारी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि तत्काल कोशी अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले ५ः४० बजे मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक विमल कोइराला सामान्य घाइते भएर अहिले अस्पतालमा उपचाररत छन्।

दुर्घटनामा संलग्न ट्रक र चालक भारत बिहार राज्यको बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।