विराटनगर, कार्तिक २८
मोरङ जिल्लामा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न रहेकाहरूलाई प्रहरीले क्रमशः पहिचान गरी २१ जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आन्दोलनमा केही उच्छृङ्खल तथा आपराधिक मनोवृत्ति भएका व्यक्तिहरू समेत मिसिएर जिल्लाभित्रका विभिन्न प्रहरी कार्यालय तथा संरचनामा व्यापक क्षति पुर्याइएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी, इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी चौकी मझारे, केसलिया प्रहरी बिट, जतुवा र जिल्ला ट्राफिक कार्यालय मोरङका भवन, ट्राफिक आइल्याण्ड, ट्राफिक बत्ती र विभिन्न सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको घटनामा संलग्नहरूको पहिचान विशेष अनुसन्धानमार्फत गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न व्यक्तिहरूको शुक्ष्म अनुसन्धान गरी पहिचान भएपछि मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर २१ जनालाई पक्राउ गरिएको र अदालतबाट म्याद थप अनुमतिसहित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको विवरण
१) जिल्ला प्रहरी कार्यालय मोरङबाट पक्राउ परेकाहरू
-
विशाल बाल्मिकी, २२, विराटनगर–५
-
गोपी साह, २७, विराटनगर–९
-
विष्णु साफी, २०, विराटनगर–९
-
राजेश यादव, २४, विराटनगर–१४
-
सुरज सिंह, २४, जहदा–५
-
मुकेश कामत, २२, जहदा–५
-
प्रवेश मण्डल, ३०, जहदा–२
-
सुशिल यादव, २५, जहदा–३
-
चन्दन बर्मा, २४, विराटनगर–६
-
किसन सहनी, २९, विराटनगर–६
२) इलाका प्रहरी कार्यालय पथरीबाट पक्राउ परेकाहरू
-
चन्द्र कार्की, २३, पथरी शनिश्चरे–१
-
दीपक चौधरी, २३, पथरी शनिश्चरे–१
-
मुकेश वराइली, २५, पथरी शनिश्चरे–१
-
विश्वास थापा, २१, पथरी शनिश्चरे–१
-
सिद्धार्थ राई, १९, पथरी शनिश्चरे–१
-
मिथुन मण्डल, २६, पथरी शनिश्चरे–१
३) इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पक्राउ परेकाहरू
-
राजकुमार सहनी, २९, उर्लाबारी–६
-
उदय साह, ४५, उर्लाबारी–६
-
बब्लु साह, ४०, उर्लाबारी–६
-
मिलन राई, ३०, उर्लाबारी–६
-
रविन सुन्दास, २४, उर्लाबारी–७
प्रहरीका अनुसार घटनामा सामेल व्यक्तिहरूविरुद्ध कानुनी कारबाही अघि बढाइनेछ।