सुनसरी, मंसिर ६।
जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। मंसिर ५ गते गस्तीमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र.१–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाइ–छिपाइ लैजाँदै गरिएको १० किलोग्राम ५४० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीले सो सिटी सफारीका चालक हरिनगर–४ का अजमल अंसारी र सोही सवारीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको छ।

यसैबीच, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ स्थित बाटो छेउमा बोराभित्र बेवारिसे अवस्थामा राखिएको १२ किलोग्राम १३० ग्राम गाँजा फेला पारी बरामद गरेको छ।

पक्राउ परेका दुबै जना विरुद्ध आवश्यक कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बेवारिसे गाँजा प्रकरणमा समेत थप अनुसन्धान जारी छ।