सुनसरी, मंसिर ०९ ।
सुनसरीको हरिनगर गाउँपालिका–६ मा छाडिएको अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको कारबाट प्रहरीले २० किलोग्राम गाँजा बरामद गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (RIG) तथा प्रहरी चौकी घुस्कीबाट खटिएको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा सडकछेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकी खोल्दा कालो प्लास्टिकका पोका भित्र लुकाइ–छिपाइ राखिएको गाँजा फेला पारेको हो।
बरामद गरिएको कारको नम्बर WB 02AL0175 रहेको प्रहरीले जनाएको छ।
लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरू फरार रहेका छन् र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।