कटहरीमा चेकजाँचका क्रममा १० केजी गाँजासहित एक युवक पक्राउ

मोरङ, मंसिर १५।
मोरङ जिल्लाको कटहरी गाउँपालिका–४ रिङरोडस्थित क्षेत्रमा प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा १० केजी लागूऔषध गाँजा बरामद भएको छ।

मंसिर १५ गते दिउँसो करिव २:२५ बजे प्रहरी चौकी कटहरीबाट खटिएको चेकिङ टोलीले बाङ्गे चौकबाट जामुनगाछीतर्फ आउँदै गरेको ना.प्र. १–००२–००४ ह २५४० नम्बरको सिटी सफारीलाई शंका लागेर रोकेर जाँच गर्दै गर्दा उक्त लागुऔषध फेला परेको हो।

प्रहरीका अनुसार मोरङ जहदा गाउँपालिका–७ महादेव टोलका २० वर्षीय शसी मण्डलले बोकेको झोलाभित्र प्लास्टिकमा प्याक गरी राखिएको १० केजी गाँजा बरामद गरिएको हो।

गाँजासहित सिटी सफारी र चालक मण्डल दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको प्रहरीले जनाएको छ।