४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा

विराटनगर, मंसिर १७ गते ।
सुनसरीको इनरुवा नगरपालिका(९ स्थित इनरुवा( जाल्पापुर भित्री सडक खण्डबाट ४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा लिईएको छ । मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक केशव कुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको

बा ३ च ५५८५ नम्बरको स्कारपियो गाडीलाई संका लागी चेकजाँचको क्रममा गाडी

भित्र १६ वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको ४ सय ६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीबाट गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालकको खोजतलास भईरहेको छ । यसै गरी इलाका प्रहरी कार्यालय धरानबाट
खटिएको प्रहरी टोलीले धरान(१३ स्थितमा चेकजाँचको क्रममा शहिदभूमी गाउँपालिका(७ का रोहन राईलाई ८ किलो ४९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ ।