उदयपुर, पुस १२ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकबाट ७६३ किलो ७०० ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडीसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो राति १२ः३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गाईघाटतर्फ आउँदै गरेको को.१ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडीभित्र ३० बोरामा राखिएको ७६३ किलो ७०० ग्राम गाँजा बरामद गरेको हो ।
बरामद गाँजासहित बोलेरो गाडीका चालक बेलका नगरपालिका–६ का रविन कुमार राई तथा सोही गाडीमा सवार बेलका नगरपालिका–९ का रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।