लागू औषध ब्राउन सुगरसहित २ जना पक्राउ

सुनसरी, पुस १३ गते ।

सुनसरीको अस्थायी प्रहरी चौकी वरगाछीले पुस १२ गते धरान–८ स्थित स्थानबाट लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी विशाल योक्पाङदेन र धरान–१० निवासी इमन लिम्बु रहेका छन् । उनीहरूको साथबाट ६ ग्राम ७ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका–२ स्थित स्थानबाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामाडोल २ हजार २ सय २० क्याप्सुल बरामद गरेको छ ।

लागू औषधसहित पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ भने प्रतिबन्धित औषधि कारोबारमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।