संखुवासभा, पुस १३ गते ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मिति २०७५ साल असोज २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा जबरजस्ती करणी कसुर मुद्दामा कैद भुक्तान गरिरहेका संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–५ निवासी २९ वर्षीय अमित भन्ने टिकाराम विश्वकर्मा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा फरार भएका थिए ।
फरार प्रतिवादीको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई मिति २०८२ साल पुस १२ गते मोरङ जिल्लाको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा दिउँसो करिब १ बजेर १० मिनेटमा पक्राउ गरेको हो ।
पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय खाँदबारी, संखुवासभामा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ ।