प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

सुनसरी, पुस ३० गते

सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट रेल्बे धरानबाट पुस २९ गते खटिएको संयुक्त प्रहरी टोलीले धरान १७ का ४० वर्षिय अमित थापा मगरलाई १ ग्राम २० मिलिग्राम र १७ वर्षिय सुमन राइलाई ८० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने अस्थाई प्रहरी पोष्ट चतराले बराहक्षेत्र १ चतरापुल स्थितबाट धनकुटाको सहिदभुमी २ का समिर राई र उदयपुरको बेलका ७ का रमेश राईको साथबाट प्रतिबन्धित औषधी १६० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।