काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मालागयतमाथि गरिएको कारबाहीको कुनै कानुनी वैधता नरहेको बताएकी छन् ।
बुधबार ९पुस ३०० विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा भुसालले बन्दसत्रबाट केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित भइसकेकाले त्यसपछि केन्द्रीय कार्यसमितिले गरेका निर्णय औचित्यहीन भएको तर्क गरिन् ।
केन्द्रीय कार्यसमिति विघटन भइसकेको कारण कुनै पनि पदाधिकारीलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार नै नरहने भएकाले गरिएको कारबाहीको कुनै औचित्य नरहेको बताइन् ।
बन्दसत्रले पार्टीको नयाँ नीति पारित गर्दै केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा केन्द्रीय कार्यसमितिको नाममा भए गरेको निर्णयलाई महाधिवेशन प्रतिनिधिहरूले नचिन्ने उनको तर्क छ ।
ूविशेष महाधिवेशनको पहिलो दिनको बन्दसत्रले केन्द्रीय कार्यसमितिको विघटन गरिसकेको थियो । त्यो निर्णय सर्वसम्मत पारित भएको अवस्था थियो, भुसालले भनिन्, विघटन भइसकेको अवस्थामा केन्द्रीय कार्यसमितिले आफ्नो औचित्य गुमाइसकेको स्थितिमा आज भएको कारबाहीको कानुनी वैधता छैन । यो निर्णयलाई महाधिवेशन प्रतिनिधिले चिन्दैन । विधानमा त्यो व्यवस्था पनि छैन ।
विशेष महाधिवेशनद्वारा नेतृत्व चयन गरेर पार्टी आसन्न निर्वाचनमा होमिने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल